सोमबार थप ३ सय ३८ जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Aug 10 | 04:44 pm 1895

काठमाडौं, साउन २६ः नेपालमा सोमबार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभरका ३७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या २३ हजार ३ सय १० पुगेको छ ।

त्यसैगरी सोमबार देशभर १ सय ४० जना डिस्चार्ज भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.