वैशाख १३ काठमाडौँ / नेपाली कांग्रेस संसदीय दलको नेतामा सहमति खोज्न भोलि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक सोमबार बिहान ११ बजे बस्नेछ । कार्यसम्पादन समितिको बैठकलगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ ।
निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको बताए । बैठकमा संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव प्रस्तुत गर्ने तयारी छ ।
बैठकलगत्तै भोलि दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले नेताको चयनसम्बन्धी प्रक्रिया अघि बढाउने रसाइलीले बताए ।