सैनिक श्रीमति संघद्वारा कपिलवस्तु जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रिपोर्ट नेपाल | 2021 May 14 | 06:09 pm 3673

कपिलवस्तु, बैशाख ३१ः शुक्रबार श्री सैनिक श्रीमति संघद्वारा उपलब्ध गराएको स्वास्थ्य सामाग्रीहरु श्री नं.२२ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी टिकाराम गुरुङ्गले कपिलवस्तु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गणेश क्षेत्रीलाई  हस्तान्तरण गरेका छन् ।

हाल देशभर घातक रुपमा संक्रमण फैलिरहेको सन्दर्भमा कपिलवस्तु जिल्ला अस्पताल तथा अस्थायी कोभिड अस्पतालमा कोभिड-१९ संक्रमित बिरामीहरुको उपचारको लागि रातदिन खटिई रहेका स्वास्थ्य कर्मीहरुका लागि उक्त
संघले बुठ ५० जोर, चस्मा ५० गोटा, हेड कभर २०० सेट, सु.कभर २०० जोर, ग्लोभ १०० जोर, मास्क ५० पिस, पिपिई ५० सेट, सर्जिकल ग्लोभ १२ बट्टा, मेडिकल मास्क १० बट्टा र सेनिटाईजर २५ लिटर उपलब्ध गराएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.