सेनापतिमा नियुक्त भएर पद बहाली गर्न नपाएका कुलबहादुर खड्काकाे निधन

रिपोर्ट नेपाल | 2020 Jul 28 | 07:53 pm 2896

काठमाडाैं, साउन १३ः नेपाली सेनाका अवकासप्राप्त रथी कुलबहादुर खड्काकाे निधन भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका खड्काकाे उपचारका क्रममा मंगलबार निधन भएको हो ।

उनी पुष्पकमल दाहाल नेतृत्वको पहिलो सरकारद्वारा सेनापतिमा नियुक्त भएका थिए । दाहालले तत्कालिन प्रधानसेनापति रुक्माङगत कटवाललाई हटाएर खड्कालाई प्रधानसेनापतिमा नियुक्त गरेपछि राष्ट्रपति डा रामबरण यादवले हस्तक्षेप गरेर कटवाललाई नै प्रधानसेनापति भएको भन्दै अडान लिएपछि दाहालले  राजिनामा दिएका थिए ।

खड्काको प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको थियो । प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको ५५ औं दिनमा उनको आज निधन भएको हो । रिपाेर्टर्स नेपालबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.