काठमाडौं, असार ३ : २० दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याईपुराएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलाई नेपाली सेनाको हेलीकोप्टरबाट काठमाडौं ल्याई पुर्याएको हो ।
उनलाई सैनिक मचं टुडिखेलमा अवन्तरण गरिएको छ । अबको केहिबेरमा नै महराजगंजस्थित शिक्षण अस्पतालमा लाने तयारी भईरहेको छ । डा. केसीलाई अकस्मिक कक्षमा लागे बताइएको छ ।शिक्षण अस्पतालमा सम्भाव्य घटनालाई मध्यनजर गर्दै प्रहरीले सादा पोशाक र बर्दीमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।
बिहीबार साँझ मात्रै डा. केसीलाई काठमाडौं ल्याइपुर्याइएको हो । उनलाई लिनका लागि आजै बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहि सहितको टोलीले जुम्ला पुगेका थिए । तर जुम्लाबासीको अवरोधका कारण मुख्यमन्त्रीले डा. केसीलाई नभेटि नै फर्किएका थिए ।
प्रहरीले आन्दोलनकारीमाथि हस्तक्षेप गर्दा झण्डै ४० जना घाइते भएको नेपाल चिकित्सक संघले जनाएको छ । झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए ।
प्रतिष्ठानको भवन भित्रै बिहीबार मध्यान्ह विद्यार्थीसँग झडपका क्रममा प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो । विद्यार्थीलाई तितरबितर पार्ने क्रममा प्रहरीले हानेको गोली प्रहरीमाथि नै लाग्न पुगेको थियो ।
त्यही बेला विद्यार्थीलाई हटाउन भिडमा पसेका थिए प्रहरी जवान कमल उपाध्याय । विद्यार्थीहरुलाई तितरबितर पार्ने काममा जुटिरहेका बेला प्रहरीको तर्फबाट गोली हानियो । विद्यार्थीलाई लक्षित गरी हानिएको गोली उपाध्यायको दाहिने छातीमा लागेकाे थियाे ।