ताप्लेजुङ, फागुन १६ : हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव बोकेर नेपाली सेनाको हेलिकप्टर काठमाडौंका लागि उडेको छ ।
खराब मौसमका कारण बिहानैदेखि ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थलमा रोकिएर बसेको सेनाको टोली काठमाडौंका लागि केही समयअघि मात्रै उडेको छ ।
दुर्घटनास्थलबाट आज (बिहीबार) बिहान मात्रै थप शव ल्याएर सुकेटार विमानस्थलमा राखिएको थियो । उक्त शव बोकेको सेनाको हेलिकोप्टर बिहीबार बिहानै काठमाडौंका लागि उड्ने तयारी गरे पनि त्यस स्थानमा बाक्लो हिमपात र खराब मौसमका कारण भर्खरै उडान गरेको स्रोतले जनाएको छ ।