सेनाको हेलिकोप्टर दुर्घटना, २५ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Oct 31 | 06:21 pm 2089

काठमाडौं, १४ कातिक : अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा हेलिकोप्टरमा सवार २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् ।

इरानसँगको सीमा जोडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी दिए ।

उनका अनुसार हेलिकप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ व्यक्ति सवार थिए । सो हेलिकोप्टर आफ्ना लडाकूले खसालेको तालिबानले दाबी गरेको छ ।

प्रवक्ता मेहरीले हेलिकप्टर दुर्घटनामा पश्चिमी अफगानिस्तानका उपसैनिक कमान्डर र फराह प्रान्तीय परिषदका प्रमुखको मृत्यु भएको बताए । प्रान्तीय परिषदका सदस्य दादुल्लाह क्वानेहले हेराततर्फ उडिरहेको हेलिकप्टर खराब मौसमका कारण पहाडमा ठोक्किएको बताए । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.