सेनाको रगतले सुत्केरीको ज्यान जोगियो

रिपोर्ट नेपाल | 2019 Feb 05 | 04:01 pm 1520

डोटी, माघ २२ : दिपायलमा नेपाली सेनाले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ ।

नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआइसिंह गाउँपालिका–४ तिखातरकी २२ वर्षीया पावर्ती जेठाराको ज्यान जोगिएको हो । व्यथाले च्यापेर दिपायलस्तिथ शैलेश्वरी अस्पतालमा भर्ना भएकी जेडाराको अत्यधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो ।

रक्तश्रावका कारण ज्यान नै खतरामा परेका कारण नेपाली सेनाले दुईपिन्ट ‘ए पोजेटिभ’ रगत दिएका कारण निजको ज्यान जोगिएको अस्पतालका निर्देशक आइजँग कुँवरले बताए । उनले भने, ‘शरीरमा रगत सकिएर महिलाको ज्यानै खतरामा परेको थियो, सेनाले रगत दिएपछि उहाँको ज्यान जोगियो ।’ नेपाली सेनाले डोटीमा विगतदेखि नै स्थानीयवासीलाई समस्या परेको बेला रगत दिँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.