सेनाको ट्रक दुर्घटना हुँदा भारतमा १६ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Dec 23 | 04:25 pm 1901

नयाँ दिल्ली, पुस ८: भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना भएको छ।  उक्त दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शुक्रबार बिहान सेनाको तीनवटा सवारीसाधन सेना लिएर चटनबाट थंगु गइरहेका थिए। मोडमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट तल पुगेको थियो। भारतीय सेनाले जनाएअनुसार दुर्घटना भएलगत्तै उद्धार सुरु गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.