सेती नदीमा नुहाउन गएका बालकको बगेर मृत्यु

रिपोर्ट नेपाल | 2019 Jun 21 | 06:11 pm 1692

डोटी, असार ६ :  डोटीको सेती नदीमा बगेर एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार आज सेती नदीमा नुहाउन गएका बेला शिखर नगरपालिका–१० बानीडुग्रीसैन बस्ने हरिश बलायरका छोरा वर्ष ७ का गोविन्द बलायरको मृत्यु भएको हो।

स्थानीय सेवा एकेडेमी बोर्डिङमा यूकेजीमा पढ्ने निज बालक आज दिउँसो स्कुल छुट्टी भएपछि सेती नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा एकाएक बगेका बालक बलायर करिब ३० मिटर तल नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.