सूचना प्रविधि विधेयककाे विराेधमा नेविसंघद्वारा प्रदर्शन

रिपोर्ट नेपाल | 2020 Jan 09 | 06:47 pm 1690

काठमाडौं, पुस २४  :नेपाली कांग्रेसको निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले बिहीबार माइतीघर मण्डामलामा सरकारले ल्याएका विवादित विधेयकको विरुद्ध विरोध सभा गरेको छ ।

नेपाली कांग्रेसले संसदीय समितिले पारित गरेर संसदमा पठाएको सूचना प्रविधि विधेयकले नेपाली नागरिकको बोल्‍न पाउने अधिकार अथवा अभिव्यक्ति स्वतन्त्रता नै कुण्ठित गर्न खोजेको भन्दै विरोध सभा गरेको हो ।

विरोध सभामा सरकारले नेपाल ट्रष्टलाई सरकारी जग्गा उपभोगका लागि दिएकोदेखि बालुवाटारको जग्गा अतिक्रमण र सूचना प्रविधि विधेयकले नागरिकलाई सरकारको विरोध गरेको आधारमा पाँच वर्ष जेल हाल्नेलगायतका मुद्दालाई समेटेर विभिन्‍न नाराहरु तथा प्लाकार्ड प्रदर्शन गरेका थिए । विरोधसभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, गगन थापा र प्रदीप पौडेलले सम्बोधन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.