दाङ भाद्र १ : दाङमा गुण्डागर्दीको अन्त्य हुने जिल्ला प्रहरी कार्यालयका दाङका प्रहरी उपरीक्षक (एसपी) कृष्ण हरीशर्मा पोख्रेलले बताए । भर्खरै जिल्ला प्रहरी कार्यालय दाङको कमाण्ड सम्हाल्न आएका एसपी पोखरेलले आज पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
जिल्लामा वेश्यावृत्ति, लागू औषध ओसारपसार , नदी तथा वन पैदावारिमा आधारित वस्तुहरूको अवैध कारोबार तथा गुण्डागर्दी बढ्दै गइरहेकाले सुरक्षा चुनौतीको रूपमा रहेको पनि बताए । गलत काम गर्ने प्रहरीलाई पनि कारबाही गर्ने उनले बताए । उनले भने, ‘छिसिक्क कुनै प्रहरीले गलत काम गरेको सूचना दिनुस् पहिलो कार्वाहिको भागे दारी त्यो प्रहरी नै हुनेछ ।’
पत्रकारहरूले राखेको जिज्ञासाको उत्तर दिँदै पोख्रेलले वेश्यावृत्ति, गुण्डागर्दी, लागू औषध तथा अबैधकाम गर्नेहरू प्रति शून्य सहनशिलता सिद्धान्त लागू गर्ने बताउए । प्रहरी सेवाको उपचारबाट कुनै पनि नागरिक निराश हुनु नपर्ने जानकारी गराउँदै पोखरेलले भने, “सूचना पाएको सेकेण्डमै प्रहरी परिचालन हुन्छ, अब प्रहरी, प्रहरी जस्तो हुन्छ” ।
जिल्ला प्रहरी कार्यालयलाई आजकै मितिदेखि बिचौलिया मुक्त गरिएको समेत प्रहरी प्रमुख पोखरेलले बताए ।