काठमाडौं, साउन ३ : विपक्षीदलहरुले अवरुद्ध गर्ने तयारी गरेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बिहीबार १ बजेका लागि बोलाईएको प्रतिनिधिसभाको बैठक साउन ११ गते सम्मका लागि स्थगित गरिएको हो।
सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै संसद बैठक स्थगित गरेका हुन् । सरकारले चिकित्सा शिक्षा विधेयक अगाडि बढाएपछि कांग्रेसले संसद अवरुद्ध पर्दै आएको छ । अब यसमा राजपा र नयाँ शक्ति पनि सामेल हुने तयारीमा छन् ।
आजको बैठकको कार्यसूचीमा परिमार्जन गर्दै बीमा विधेयक २०७५ लाई मात्र प्रस्तुत गर्ने कार्यतालिका रहेको थियो। उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री डा। युवराज खतिवडाले बीमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यतालिका थियो।