गुल्मी ,असार २९: कोरोना भाइरसका कारण लक डाउन भए संगै समस्यामा परेका असाहय,असक्त एवम् विपन्न मुसिकोट नगरपालिका-९ अर्लाङ्कोटका करिब ११० घरधुरिलाई राहत वितरण गरिने भएको छ।
राहत वितरणमा चामल वितरण गरिने भएको छ । यस राहत वितरण लाइ पारदर्शी ढङ्गले वितरण गर्ने व्यबस्था मिलाउन यस वडाका जनप्रतिनिधिहरु, राजनितिक पार्टी प्रतिनिधिहरु,अर्लाङ्कोट सेवा समाज जापान अर्लाङ्कोट गुल्मीका पदाधिकारीहरु,समाजसेवि,पत्रकार लगायतको सर्व पक्षिय बैठक वडा कार्यालयमा सम्पन्न भएको छ।
लाभग्राहिको सुबिधालाइ मध्यनजर गरि राहत वितरण वडाका विभिन्न पाँच स्थानबाट वितरण गरिने निर्णय भएको छ।अर्लाङ्कोट सेवा समाज जापानद्वारा वडाका विपन्न वर्गलाइ लक्षित गरि सहयोग पठाएकोमा कार्यक्रममा सहभागी सबैले धन्यवाद ज्ञापन सहित उच्च प्रशंसा गरेका थिए।

कार्यक्रममा पत्रकार कालिदास खरेल,ने.क.पा.वडा कमिटि अध्यक्ष खड्क ब. खत्री,नेपालि काँग्रेस वडा कमिटि सभापति टिकाराम सापकोटा,मुसिकोट न.पा.-९ का वडा अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि नरेशराज खरेल,अर्लाङ्कोट सेवा समाज जापान अर्लाङ्कोटका अध्यक्ष देवराज खरेल लगायतले मन्तव्य राखेका थिए।
संम्पूर्ण वक्ताले वास्तविक समस्यमा परेकालाइ वितरण गरि न्याय दिलाउनु पर्ने कुरामा जोड दिदै सेवा समाजको सहयोग प्रति मुक्त कंठले प्रशंसा गरेका थिए।राहत वितरणको कार्य आज देखि नै शुरु गरिने समाजका अध्यक्ष खरेलले जानकारी दिएका थिए । कार्यक्रममा मुसिकोट न.पा.-९ का वडा अध्यक्ष नरेशराज खरेलकाे प्रमुख अतिथ्यता,अर्लाङ्कोट सेवा समाज जापान अर्लाङ्कोटका अध्यक्ष देवराज खरेलको अध्यक्षता र सचिव यज्ञमूर्ति सापकोटाको संचालनमा सम्पन्न भएको थियो।