सुर्खेत–२ मा कांग्रेसका थानी निर्वाचित

रिपोर्ट नेपाल | 2022 Nov 23 | 08:35 am 529

सुर्खेत, मंसिर ७ः कर्णाली प्रदेशबाट प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसले विजय सुरुवात गरेको छ । कांग्रेसका हृदयराम थानी ५ हजार बढी मतान्तरले विजयी भएका हुन् ।

निर्वाचन अधिकृत कार्यलयका अनुसार कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ खसेको छ । प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गर्दै थानीले ह्याट्रिक जित निकालेका छन् । एमालेका विसीले २९ हजार ५५८ मत ल्याए । थानी यसअघि ०५६ र २०७० सालका निर्वाचित भएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.