सुर्खेत, असार २३: प्रहरीले द्वन्द्वकाल बेलामा लुकाएर राखेकाे विष्फोटक पदार्थ फेला पारेको छ। सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द नेतृत्व (विप्लव) समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरी टाेलीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो।
चिङ्गाड गाउँपालिका–७ वडाकाँडास्थित बाटोको एक मिटर छेउमा ढुङ्गामुनि प्लाष्टिकको पोकामा लुकाएको अवस्थामा प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा गएको टोलीले फेला पारेको थियो।
फेला पारेकाे पोकामा बम बनाउन प्रयोग हुने सकेट ७८ थान, गन्धक दुई केजी, सेफ्टीफ्यूज आठ थान, डेटकड एक मिटर र केप ६० थान फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
फेला परेका सबै विष्फोटक पदार्थको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।