सुर्खेतमा थप १२ जनामा काेराेन संक्रमण

रिपोर्ट नेपाल | 2020 May 26 | 12:07 pm 1723

काठमाडाैं, जेठ १३ः कर्णाली प्रदेशकाे राजधानी सुर्खेतस्थित प्रयाेगशालामा गरिएकाे पछिल्लाे परीक्षणमा मंगलबार थप १२ जनामा काेराेना भाइरस भाइरसक संक्रमण पुष्टि भएकाे छ । यससँगै कर्णाली प्रदेशमा मात्रै काेराेना संक्रमितकाे संख्या २३ पुगेकाे कर्णालीकाे सामाजिकाे विकास मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार मंगलबार थप पुष्टि भएकाहरू सबै सुर्खेत जिल्लाका रहेका छन् । जसमा विरेन्द्रनगरका वडा नं १, २, ३ र ६ का क्रमशः  १६ वर्षीय किशोर, ३२ वर्षीय महिला, ९ वर्षीय बालक र २०, ३२ तथा ३६ वर्षका पुरुष,  ४६ वर्षका पुरुष, २६ वर्षका युवक रहेकाे बताइएकाे छ । साथै सुर्खेतकै भेरीगंगा-८ का १६ तथा १७ वर्षीय दुई पुरुष र सिम्ता- ४ का ३५ तथा ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएकाे छ

उनीहरू हालै मात्र भारतबाट आएकाे बताइएकाे छ । अहिले संक्रमित सबैकाे स्वास्थ्य सामान्य रहेकाे र उनीहरुलाई कर्णाली  प्रदेश अस्पतातको आइसोलेसनमा राखेर उपचार सुरू गर्ने तयारी थालिएको मन्त्रालय स्राेतले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.