सुर्खेतमा एनसेल टावर नजिकै शंकास्पद वस्तु फेला

रिपोर्ट नेपाल | 2020 Jan 01 | 11:32 am 2081

सुर्खेत, पुस १६: जिल्लाको वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा चोक नजिकै शंकास्पद बस्तु फेला परेको छ।

सुर्खेतस्थित पीपीरा चोकमा रहेको एनसेल टावरको तल बम हुन सक्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधवार विहानै घर बनाउने कामदारले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी दिल्लीराज पन्तका अनुसार शंकास्पद बस्तुमा तार जोडिएको छ। नेपाली सेनाको डिस्पोजल टोलीले घटनास्थलमा पुगिसकेको र त्यसलाई निष्कृय पार्ने काम भइरहेको पन्तले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.