सुरुङमा फसेका सबै कामदार सकुसल उद्धार

रिपोर्ट नेपाल | 2019 Jun 21 | 12:57 pm 2304

काठमाडाैं, असार ६ रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमास्थित निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनास्थलमा पहिराेको कारण सुरुङमा फसेका सबै कामदारलाई सकुसल उद्धार गरिएकाे छ । गए राति साढे ८ बजे पहिरो जाँदा सुरुङ भित्र फसेका  छ चिनियाँ नागरिकसहित १७ जना कामदारलाई शक्रबार उद्धार गरिएकाे हो । निर्माणस्थलकाे सुरुङ भित्र जाने बाटोमा पहिरोले  क्षति पुर्‍याएपछि कामदार भित्रै थुनिएका थिए ।

आयोजनास्थल भन्दा माथि रहेको डाँडाबाट झरेको पहिरोले विद्युत्को पोलमा लाग्दा विद्युत् अवरुद्ध भएको थियो । उक्त क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको भएपनि भेन्टिलेसन र सुरुङ भित्र विद्युत् सेवा नियमित भएका कारण कामदारलाई कुनै पनि अप्ठेरो नपरेको आयोजना प्रमुख छबि गैरेले बताए ।

घटना रातिको समयमा पहिरो गएका कारण उद्धारमा कठिनाइ भएको थियो । तर पनि सबै कामदारको उद्धार भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए  ।

त्यहाँ जान जोखिम हुने देखिएपछि ड्रोनको माध्यमबाट अवलोकन गरिएको थियो । पहिरो गएको क्षेत्रमा बाहेक अन्य क्षेत्रमा अहिले नियमित काम भइरहेको छ । पहिरो नियन्त्रणका लागि प्रोटेक्सनको काम भइरहेको आयोजनाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.