सुरक्षित गर्भपतन गराउने संख्यामा बृद्धि

| 2019 Feb 20 | 02:09 pm 5773

डोटी, फागुन ८ : गत वर्षको भन्दा चालू आर्थिक वर्षमा सुरक्षित गर्भपतन सेवा लिन आउनेको संख्यामा ह्वात्तै वृद्धि भएको छ ।

अन्य सेवाहरु मात्र दिइरहेको अवस्थामा नेपाल सरकारबाट सुरक्षित गर्भपतनको सेवा निःशुल्क दिइने भएपछि उक्त सेवा लिन आउनेको संख्यामा वृद्धि भएको स्वास्थ्यकर्मी बताउँछन् ।

सात महीनाको अवधिमा जिल्लाका ३ सय ६२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

गत २०७५/०७६ को साउनदेखि माघसम्म ३ सय ६२ महिलाले उक्त सेवा लिईसकेको बताएका छन् । उक्त सेवा लिनेमध्ये २० वर्षभन्दा कम उमेर समूहका ४७ र त्यो भन्दा माथिका ३ सय १५ रहेका छन् ।

अस्पातलका अनुसार गत वर्ष भन्दा यस वर्षमा सेवा लिनेको संख्यामा तुलनात्मक रुपले वृद्धि भएको जनकारी दिएका छन् ।

यस भन्दा अघिल्ला वर्षहरुमा सुरक्षित गर्भपतन सेवा आधिकारिक तथा निःशुल्क नभएकाले स्वास्थ्य कार्यालयमा जम्मा संख्या रेकर्ड नभएको अस्पतालका नर्स गौरी शाहीले बताए ।

हाल जिल्ला अस्पताल र विभिन्न निजी अस्पतालसहित १७ स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.