सुरक्षाका लागि अहोरात्र खट्ने प्रहरीलाई किन गर्‍याे सरकारले सौतेलो व्यवहार

रिपोर्ट नेपाल | 2019 Apr 21 | 11:53 am 2271

काठमाडौं, वैशाख ८ : एउटै संगठनका कर्मचारीलाई सरकारले काखा र पाखा गरेको भन्दै नेपाल प्रहरीका कर्मचारीले चित्त दुखाएका छन् । सरकारले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता बढाएर शान्ति सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीले चित्त दुखाएका हुन ।

बिहान मिर्मिरे उज्यालो देखि रातीसम्म धुवाँ, धुलो र घामपानीमा खट्ने ट्राफिक प्रहरीलाई सरकारले प्रोत्साहन भत्ता बढाएकोमा खुशी व्यक्त गर्दै एक प्रहरीका अधिकृतले बम बारुदसँग लड्ने देखि राइफल सिरानीमा राखेर सुत्नुपर्ने प्रहरीलाई सौताको व्यवहार गरेकोमा भने चित्त दुखाएका हुन् ।

ट्राफिक प्रहरी धुँवा, धुलो, घामपानीसँग जुध्दै डिउटी गर्नुपर्छ भने शान्ति सुरक्षामा खट्ने प्रहरीले ति कुरा बाहेक रातदिन भनेर भोकै, प्यासै सुरक्षामा खट्नुपर्ने हुन्छ । एउटै मन्त्रालय एउटै प्रधान कार्यालय रहेको दुई छुट्टाछुट्टै जिम्मेवारी बोकेका प्रहरीलाई काखा र पाखा गरिनु राम्रो नभएको एक प्रहरीका पूर्व अधिकृत बताउँछन् ।

उनका अनुसार ट्राफिक प्रहरी त बरु राती सुत्न र आराम गर्न त पाउँछन् तर सुरक्षामा खटिने प्रहरी चौवीसै घण्टा एलट अवस्थामा रहनुपर्ने बताउँछन् । उनले अगाडी भने मैले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता बढ्यो भनेर बिरोध गरेको नभएर सबैलाई समान व्यवहार गर्नुपर्छ मात्र भनेको हँु ।

विभिन्न किसिमका अराजक भिडसँग भिड्दै दंगा, हुल सबै कुरामा आफ्नो ज्यानको बाजी राख्दै भिड्ने प्रहरीलाई यसरी दुई खेमामा विभक्त बनाइनु सुरक्षाका लागि राम्रो नभएको एक सुरक्षा अधिकारीले रिपोर्ट नेपाललाई बताए । नेपाली जनतालाई शान्ति सुरक्षा प्रदान गर्न र अमन चयन प्रदान गर्न जीवनको आहुती दिन समेत तयार हुने प्रहरीलाई सम्मान गर्न नसके समाजमा विकृति र विसंगतिले अझ बढी जरा गड्ने बताइन्छ ।

हिजोको अप्ठ्यारा दिनमा राज्यको आदेशलाई शिरोधार्य गर्दै ज्यान गुमाएका र ज्यान गुमाउन पछि नपरेका प्रहरीलाई राज्यले समान दृष्टिले हेरेर सेवा सुविधा थप्नुपर्ने आवाज उठ्न थालेको छ । सरकारले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेर जुन प्रशंसनीय काम गरेको छ त्यो भन्दा बढी हरेक कुरामा भिडेने प्रहरीको चित्त दुखाएर महान गल्ती गरेको विश्लेषकहरुको भनाई रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.