सुपारी, मरिच तथा केराउ आयात खुलेको छैन

| 2022 Jan 11 | 07:56 am 1909

काठमाडौँ, पुस २७ः सुपारी, मरिच तथा केराउ आयात खुलाउने विषयमा कुनै निर्णय नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीका अनुसार यस्ता वस्तु कच्चा पदार्थका रूपमा खपत गर्ने केही उद्योगीले उद्योग विभागमा आवदेन दिएका भए पनि यसबारे निर्णय नभएको स्पष्ट पारे ।

रेग्मीका अनुसार आयात प्रतिबन्धित यस्ता वस्तु उद्योगको कच्चा पदार्थका रूपमा आवश्यक रहेको भन्दै आवेदन आएको थियो । “उद्योग विभागले यस विषयमा मन्त्रालयमा आवश्यक निर्णयका लागि प्रतिवेदन पठाएको हो । उद्योगीले कच्चा पदार्थ भनेकाले यो विषयमा मन्त्रालयमा छलफल भए पनि कुनै निर्णय भएको होइन,” उनले भने । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.