सुन बाँडेर खाएको आरोपमा इन्सपेक्टरसहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियारको सिफारिस (नामावलिसहित)

| 2020 Feb 27 | 08:46 am 1904

काठमाडौं, फागुन १५: बरामद गरेको सुन बाँडेर खाएको आरोपमा इन्सपेक्टरसहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियारले प्रहरी प्रधान कार्यलयलाई सिफारिस गरेको छ ।

बरामद सुन बाँडफाँड गरी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरिक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको हो ।

गत पुस ११ गते केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्ने क्रममा चालक फुर्वा पासाङको साथबाट ४ सय २२ ग्राम सुन लिएर प्रहरीले चालकलाई छाडेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चालकबाट बरामद भएको सुन आवश्यक कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा नबुझाइ इन्सपेक्टर नेपाललगायत चौकीमा कार्यरत प्रहरीहरुले आपसमा बाँडफाँड गरी खाएको उजूरी अख्तियारमा परेको थियो । कान्तिपुर दैनिकबाट

निलम्बन गर्न सिफारिस नामावलिहरु:

१. प्रहरी निरीक्षक खेमप्रसाद नेपाल

२. प्रहरी नायव निरीक्षक भोजबहादुर सेन वली

३. प्रहरी सहायक निरीक्षक रामशरण कुमाल

४. प्रहरी हवल्दार रामशरण रिमाल

५. प्रहरी हवल्दार पुरुषोत्तम खत्री

६. प्रहरी हवल्दार रामकाजी लामा

७. प्रहरी हवल्दार गोपीबहादुर लो तामाङ

८. प्रहरी जवान शिवनारायण चौधरी

९. प्रहरी जवान भविलाल रुम्बा लामा

१०. प्रहरी जवान रामचन्द्र विक

११. प्रहरी जवान रिता चौधरी

१२. प्रहरी जवान मनोज आले

१३. प्रहरी जवान छेक्यु डोल्मा मोक्तान

१४. प्रहरी जवान ताराबहादुर प्रजा

१५. प्रहरी जवान युवराज खरेल

१६. प्र.का.स.हरिबहादुर श्रेष्ठ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.