सुन प्रकरणको अनुसन्धानका लागि डीएसपी भण्डारी दिल्ली प्रस्थान

| 2023 Sep 01 | 04:46 pm 2665

काठमाडौँ, भदाै १५ । बहुचर्चित ६० किलो सुन प्रकरणको अनुसन्धान गर्न सिआइबीले डिएसपीको कमाण्डमा अनुसन्धानका लागि भारत पठाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुनको अनुसन्धान गर्न सीआईबीले डीएसपी नेतृत्वको टिमलाई भारत पठाएको हो । डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोली बिहीबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)को समन्वयमा सूचना संकलनका लागि भण्डारी नेतृत्वको टिम विहिबार भारत गएको हो । सुन अनुसन्धान टिममा दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदी पनि सहभागी हुने बुझिएको छ ।

हङकङबाट काठमाडौँ ल्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि भारतमा सुन ‘रिसिभ’ गर्ने समूहको अनुसन्धानका लागि भण्डारी भारत गएका हुन् ।

चतुर्वेदीले सुन तस्करीमा संलग्न आरोपित किशोर बस्नेतलाई पक्राउ गरेर काठमाडौँ पठाएका थिए ।  बस्नेतलाई बुधवार काठमाडौँ ल्याइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.