काठमाडौं, मंसिर २४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङबाट करिब ३ सय ८८ ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित रुपन्देही तिलोत्तमा नगरपालिका ८ का २२ वर्षीय द्वारिकालाल चौधरी र गुल्मी छत्रकोट गाउँपालिका ३ का ३१ वर्षीय तिर्थराज काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ ।
विदेशबाट आएका व्यक्तिहरुबाट सुन जस्तो देखिने पहेलो धातु संकलन गरिरहेको अवस्थामा फेला पारी दुबैलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।