सुन, चाँदी र नगद चोरी गर्ने दुर्इ जना प्रहरीको फन्दामा

| 2018 Sep 14 | 04:59 pm 4258

काठमाडौं, भदौ  २९: सुन चाँदी तथा नगद चोरी गरेको अभियोगमा काठमाडौं नैकाप बस्ने रामेछाप दोरम्वा नगरपालिका ५ का ३२ वर्षीय होम बहादुर थापा मगर र काठमाडौं कुलेश्वर वस्ने रामेछाप दोरम्वा नगरपालिका ३ का ३१ वर्षीय होम बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ ६ गते काठमाडौं महानगरपालिका २२ खिचापोखरीमा रहेको क्यापिटल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ प्रा.लि र भदौ २६ गते सोही स्थानमा रहेको अमुल्यमान राजभण्डारीको कस्मेटीक पसलमा चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा सि.सि.क्यामेरा फुटेजको आधारमा चोरी गर्ने अभियुक्तहरु बा.१.ज.५६०२ नम्बरको ट्याक्सीमा चढी फरार रहेको देखिएकोले उक्त ट्याक्सी खोजतलास गर्ने क्रममा भदौ २६ गते काठमाडौं महानगरपालिका १४ कुलेश्वरबाट ट्याक्सी चालक होम बहादुर श्रेष्ठलाई ट्याक्सी सहित प्रहरीले फेला पारी पक्राउ गरिएको प्रहरीले जनएका छन् ।

पक्राउ परेका श्रेष्ठको बयानको आधारमा चोरी कार्यमा संलग्न रहेका होमबहादुर थापा मगरलाई भदौ २७ गते काठमाडौं महानगरपालिका ६ कपनबाट पक्राउ गरेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.