सुन्धाराबाट लागूऔषधसहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 18 | 06:36 pm 1415

काठमाडौं, पुस ३ :  काठमाडौँको सुन्धाराबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नियन्त्रित लागूऔषध डाइजेपाम ५०० एम्पुल, बुप्रेनोर्फिन ५०० एम्पुल र फेनारगन ५०० एम्पुलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडाैँ महानगरपालिका ३१ पुतलीसडक बस्ने २४ वर्षीया मेरीना तिवारी, वडा नं २१ जैसीदेवलका २७ वर्षीया सारिका श्रेष्ठ र भारत पूर्वीचपारण मोतिहारीका २१ वर्षीय विकासकुमार कुशवाह रहेका छन् । सोमबार साँझ पक्राउ परेका तीनै जनाको विषयमा अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.