काठमाडौँ, असोज २३ । सुन्धाराको श्री गुरु गेष्ट हाउसमा युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित उक्त गेस्ट हाउसमा २० बर्षिया भूमिका राउत सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरीका अनुसार ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि गेस्ट हाउसमा बस्दै आएकी थिइन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।