काठमाडौं, भदौ १३: उपत्यकाको बढ्दो प्रदुषणलाई कमी गर्ने उद्देश्यले सुन्दर यातायात प्रा.लि.ले नेपालमा पहिलो पटक विधुतीय सवारी साधन ल्याउने भएको छ ।
यातायात प्रा.लि.का संचालक भेष बहादुर थापाले रिपोर्ट नेपाललाई दिएको जानकारी अनुसार मंसिर महिनाको पहिलो हप्तासम्म कम्पनीले तीनवटा सुविधा सम्पन्न सार्वजनीक बस ल्याउने भएको छ ।

यसका लागि कम्पनीले चिनको सिचुवान गोहाङ अटो मोबाइल्ससँग सम्झौता गरेको छ । डिस्ट्रब्युटर्स सहितको सम्झौता गरी नेपाल फर्किएका कम्पनीका संचालक थापाले काठमाडौं उपत्यकाको प्रदुषणको कारण सर्वसाधारणले कहिलेसम्म माक्स लगाएर हिड्ने भन्ने विषयमा विज्ञहरुको परामर्शमा बस भित्राउन लागेको बताए ।
सुरुमा काठमाडौं, चितवन र पोखरालाई मुख्य लक्ष्य राखिएको बसको मुल्य एक करोड १२ लाख पर्ने कम्पनीले जनाएको छ । कम्पनीले काठमाडौंबाट सुरु गरे पछि यसको बिक्रि वितरण देशका पर्यटकीय र मुख्य शहरमा गर्ने जनाएको छ ।