सुन्दर यातायातको टोली चीन प्रस्थान

| 2019 Jul 12 | 09:20 am 1886

काठमाडौं , असार २७:  उपत्यकामा बढ्दो इन्धनबाट चल्ने सवारी साधनका कारण वातावरणमा असर परेको निश्कर्ष सहित विद्युतिय सवारी साधन भित्राउन मुख्य भूमिका खेलेको सुन्दर यातायातको सात सदस्य टोली आज शुक्रबार चीन प्रस्थान गरेको छ ।

गाडीको टिकाउ र संचालन सम्बन्धी अध्ययनका लागि सुन्दर यातायात प्रा.लि.का अध्यक्ष भेषबहादुर थापाको नेतृत्वमा टोली चीन प्रस्थान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतिय सवारी साधन बारे विशेष चासो दिई कम्पनीलाई प्रयाप्त सहयोग गर्न निर्देशन दिएपछि सुन्दर यातायातले थप गाडी आयातका लागि चीन प्रस्थान गरेको अध्यक्ष थापाले बताए ।

साता व्यापी अवलोकन भ्रमण पश्चात् उपत्यकामा अव छिट्टै विद्युतिय बस संचालन हुने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.