सुनसान भट्टराई आश्रम

रिपोर्ट नेपाल | 2019 Jun 13 | 05:11 pm 4783

  • शिवमणी भण्डारी

काठमाडौं, जेठ ३०: २०४६ सालको परिवर्तन पछि बनेको अन्तरीम सरकारका प्रधानमन्त्री तथा २०५६ सालको निर्वाचनबाट निर्वाचित प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आश्रम सुनसान रहेको छ ।

२०४७ सालको बहुदलिय व्यवस्थाको संविधान निर्माण गर्न नेतृत्वदायी भूमिका खेलेका र मुलुकको प्रजातान्त्रिक आन्दोलनमा जेल नेल भोगेका भट्टराईलाई सरकारले अपमान गरेको छ । ललितपुरको बाँडेगाउँमा रहेको भट्टराई आश्रममा रहेका सशस्त्रको सुरक्षा दस्तालाई सरकारले फिर्ता बोलाएर भट्टराईको अपमान गरेको छ ।

जिवनभर सादगि जीवन विताएका भट्टराईले प्रधानमन्त्रीबाट हट्दा टिनको बाकस सुराही र छाता बोहक केही ल्याएनन् । त्यस्ता महान सन्त नेताको आश्रमलाई संग्राहलय बनाउनुको सट्टा सरकारले सुरक्षाकर्मी फिर्ता बोलाउनु दुर्भाग्यको विषय हो ।

झण्डै ६ रोपनी जग्गामा बनेको भट्टराई आश्रममा अहिले किसुनजीकी सहयोगी अमीता कपाली मात्रै बस्ने गरेकी छन् । जीवनभर प्रजातन्त्र बोहेक अन्य केही नसोचेका भट्टराईको आश्रमको सुरक्षार्थ सरकारले जतिसक्यो छिटो सुरक्षाकर्मी पठाउन आवश्यक छ ।

 

सयौंको संख्यामा मुलुकका लागि केही नगरेकालाई पीएसओ पठाइरहेको सरकारले देश र प्रजातन्त्रका लागि लडेका एक सच्चा राष्ट्रवादी सन्त नेताको सुरक्षा दस्ता खोसेर गम्भीर गल्ती गरेको छ । आश्रममा भट्टराईले २०४६ साल अघि देखि चढ्दै आएको बा २ च १८४२ नम्बरको जिप र बा २ च ७७२१ को प्राडो रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.