सुनसरी, असोज ५: सुनसरी भुटाहामा बिहीबार भएको स्थानीय विद्यालयका प्रधानाध्यापक तथा मुसलिम धर्मगुरु मौलाना खुर्सिद आलम अन्सारीको हत्याको विरोधमा स्थानीय आन्दोलित बनेका छन्।
प्रहरीले हत्यारालार्इ नियन्त्रणमा लिन नसकेको भन्दै आन्दोलित बनेका स्थानीयले भुटाहास्थित प्रहरीचौकी तोडफोडको प्रयास गरेका छन्। प्रहरीले भिडि नियन्त्रणको प्रयास गर्दा केही समय स्थिति तनावपूर्ण बनेको थियो।
सुनसरीको हरिनगर गाउँपालिका २ भुताहामा अज्ञान समूहले स्थानीय नेशनल वोर्डिङ स्कुलका सञ्चालक मौलाना खुसिद आलमको गोली हानी हत्या गरेका थिए। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनाले गोली हानी भारततर्फ भागेको प्रहरीले जनाएको छ।
उक्त समूहको गोली लागेर प्रहरी जवान सिवलाल पौडेल घाइते भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए। उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान लगिएको छ।