सुनसरी, कात्तिक ७ : जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबारदेखि गाँजाखेती नष्ट गर्न थालेको छ ।जिल्लामा व्यापक रूपमा गाँजाखेती भइरहेको सूचनाका अधारमा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।
भन्सार सीमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएका प्रहरी टोलीले मंगलबार कोशी गाउँपालिका–४ खत्वे र ७ मा रहेको मेहतामा अवैध रुपमा लुकाइछिपाइ लगाएको १ सय ५० बढी गाँजा बोट काटेर नष्ट गरेको र गाँजाखेती, उत्पादन, खरिदबिक्री तथा ओसारपसार गर्नेलाई कानूनबमोजिम कारवाही गरिने फुँयालले बताए ।