सुनसरीमा गोली प्रहार: प्रधानाध्यापकको मृत्यु, एक प्रहरी घाइते

| 2018 Sep 20 | 12:17 pm 1964

सुनसरी , असोज ४: सुनसरीको मुस्लिम समुदायको बाहुल्यता भएको क्षेत्र भुताहामा गोली प्रहार भएको छ।

भारतबाट आएका चार जनाको समूहले बिहीबार दिउँसो गरेको गोली प्रहारबाट एक जना स्थानीय विद्यालयका प्राधानाध्यापक  खुर्सिद मियाँ अन्‍सारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको घटनास्थलमै छ। उनको टाउकोमा चारवटा गोली लागेको जनाइएको छ।

सुनरीको सीमाबाट भारततर्फ भाग्दै गरेका उनीहरुलार्इ नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीमाथि पनि गोली प्रहार भएको छ।

उक्त गोली प्रहारबाट एक जना प्रहरी जवानको पनि घाइते भएका छन्। प्रहरीको खुट्टामा गोली लागेको छ।

अपराधी भारततर्फ भागिसकेका छन्। घटनाको कारण अहिलेसम्म पनि पत्ता लाग्‍न सकेको छैन। घटनाको अनुसन्धान भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.