काठमाडौं, माघ २२ : मंगलवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार नेपाली बजारमा फाइन गुणस्तरको सुन प्रतितोला १ सय रुपैयाँले वृद्धि भई ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन ६२ हजार ३ सय रुपैयाँमा कारोवार भएको छ । चाँदी ५ रुपैयाँले बढेर ७ सय ८५ रुपैयाँमा खरिद विक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो समय नेपाली बजारमा सुनचाँदी पाँच वर्ष यताकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।
डलर भुक्तानी गरि सुन आयात गर्नुपर्ने भएकाले नेपालमा डलरको मूल्य बढदा सुनचाँदीको भाउमा समेत वृद्धि हुन जान्छ । त्यसैले डलरको भाउमा भएको वृद्धिको असर समेत सुनचाँदी बजारमा देखिएको छ ।