काठमाडौं, साउन ११ः आइतबार सुन चाँदीको मूल्य नेपाली इतिहासमै उच्च भएको छ । शुक्रबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँ पुगेको हो ।
त्यसैगरी तेजावी सुन पनि तोलामा ४ सय ९५ रुपैयाँले बढेर ९५ हजार ८ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी पनि आइतबार तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला ११ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ।