काठमाडौं, साउन २२ः बिहीबार पनि सुनचाँदीको मूल्य बढेर नयाँ रेकर्ड राखेको छ । सुन तोलामा ७ सय र चाँदी ५० रुपैयाँले बढेको हो ।
छापावाला सुन बिहीबार ७ सयले बढेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २ हजारमा कारोबार भइरहेको छ ।
चाँदी आज ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।