काठमाडौं, कात्तिक २२: बिहीबार बढेको सुनको भाउ शुक्रबार तोलामा ७ सय सय रुपैयाँ घटेको छ । सुन शुक्रबार तोलामा ६९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए ।
चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाए ।