काठमाडाैं, साउन २२: मंगलबार तोलाको ६८ हजारमा काराेबार भएकाे छापावाल सुन बुधबार १५ सयले बढेर ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि तोलाको १५ सय बढेर ६९ हजार २ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । यसअघि ७ सय ९५ मा कारोबार भइरहेको चाँदी तोलामा १५ रुपैयाँ बढेर आज चाँदी प्रतितोला ८ सय १० पुगेको छ ।
महासंघकाअनुसार अन्तर्राष्ट्रिय अर्थतन्त्र कमजोर भएको कारण र अन्तर्राष्ट्रिय स्तरमा भएको अस्थिरता र द्वन्द्व बढ्दा नेपालका सुनको मूल्यमा प्रभाव परिरहेको हो।
यो समस्या तत्काल समाधान हुने नदेखिएका कारण सुनको मूल्य प्रतितोला ७० हजार कट्न सक्ने महासंघको अनुमान छ ।