सुनको सिक्री लुट्ने दुई लुटेर प्रहरी पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 18 | 05:42 pm 1782

बुटवल, माघ  ४ :  प्रहरीले दाङको घोराहीबाट लुटपाटमा संलग्न दुइजना लुटेराहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिकाका २१ वर्षीय मुकेश यादव र १६ वर्षीय प्रदिप यादव रहेका छन् ।

घोराही–१३ बाह्रकुने–१६ बस्ने ५१ वर्षीय पञ्चमाया बुढाले घाँटीमा लगाएको ३.५ तोलाको सुनको सिक्री लुटेका उनीहरुलाई खोज्दै जाँदा प्रहरीले उक्त सिक्रीसहित आज पक्राउ गरिएको जनाएको छ ।

उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २० को दफा २४६ बमोजिम अदालतमा मुद्दा दायर गरी कारबाही चलाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.