सुनको मूल्य घट्दै

रिपोर्ट नेपाल | 2022 May 11 | 01:10 pm 921

काठमाडौं, वैशाख २८ः सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले घटेर ९७ हजार रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार पाँच सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सय रुपियाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपियाँले घटेर एक हजार २४५ रुपियाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर आसपास कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.