सुनको मूल्यमा गिरावट

रिपोर्ट नेपाल | 2022 May 18 | 12:51 pm 1417

काठमाडौं, जेठ ४ः सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला नौ सयले घटेर ९५ हजार आठ सय रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सय रुपियाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपियाँ ले घटेर एक हजार २५० रुपियाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.