काठमाडौं, मंसिर ४ः सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला ७ सयले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ४ सयमा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १ सय मा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला ७ सयले घटेको हो ।
त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ९ सयमा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ६ सयमा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला एक हजार २ सय १५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २ सय ३० मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला १५ ले घटेको हो ।