सुनको मुल्य घट्यो, चाँदीको स्थिर

| 2019 Aug 27 | 12:54 pm 1769

काठमाडाैं, भदाै १०: लगातार रूपमा उकालो लागेको सुनको मूल्यमा मंगलबार भने नौ सय रुपैयाँले घटेको छ । सोमबार मात्र प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार पाँच सय पुगेको छापावाल सुनको मूल्य मंगलबार ७२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार ७३ हजार दुई सय पुगेको तेजावी सुनको मूल्य मंगलबार ७२ हजार ३ सयमा झरेको छ । तर, चाँदीको मूल्य प्रतितोला आठ सय ६० रुपैयाँले काराेबार भइ मूल्य स्थिर रहेकाे छ । सोमबारकाे सुनको प्रतितोला मूल्य इतिहासकै सबैभन्दा उच्च भएको व्यवसायीहरुले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.