सुनको भाउ साढे ५ वर्षपछिकै उच्च

रिपोर्ट नेपाल | 2019 Jan 27 | 06:47 pm 1718

काठमाडौं, माघ १३ :नेपाली बजारमा बहुमूल्य धातु सुनको भाउ पाँच साढ पाँच वर्षयताकै उच्च भएको छ । आज आइतबार छापावाल सुनको भाउ तोलाको ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । खस्किँदै गएको अमेरिकी अर्थतन्त्र, अन्तर्राष्ट्रिय बजारमा शक्तिशाली मुद्रा अमेरिकी डलर कमजोर हुँदै जानजस्ता कारण सुनको भाउ उच्च हुँदै गएको व्यवसायीको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आइतबार तोलाको ६१ हजार २ सय रुपैयाँ पुगेको हो । एकै दिन तोलामा ६ सय रुपैयाँ बढेर छापावाल सुनको भाउ साढे पाँच वर्षयताकै उच्च भएको हो ।

यसअघि २०७० भदौ १२ गते सुनको भाउ स्थानीय बजारमा इतिहासकै सबैभन्दा बढी तोलाको ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको आधिकारिक ‘रेकर्ड’ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.