सुनको आपूर्ति बढ्ने, मूल्य अझै घट्ने

रिपोर्ट नेपाल | 2020 Oct 07 | 07:26 am 1983

काठमाडाैं, असाेज २१ः स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम सुरु भएको छ । शुक्रबारको तुलानामा हिजो आइतबार प्रतितोला ३२ हजार ३ सय कायम भएको सुनको मूल्यमा अझै कमी आउने भएको छ । ‘एनआईसी, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे र एनएमबी बैंकले मगाएको ३ सय किलो सुन आउँदो सातासम्म आउने भएको छ ।

त्यसपछिको २० दिनको लागि सुनको सहज आपूर्ति भई मूल्य केही घट्नेछ’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यले भने ।

राष्ट्र बैंकले आयात अत्यधिक बढेकाले अर्थतन्त्रमा नकारात्मक असर पारेका बताउँदै चैत्र १ गतेदेखि सुनको आयातमा रोक लगाएको थियो । उनले चैत २० गतेदेखि बैंकर्स एसोसिएसनको सिफारिसमा वाणिज्य बैंकहरुलाई मात्र सुन आयातको अनुमति खुला गरेको थियो साथै, सुनको भन्सार प्रति १० ग्राम १३० रुपैयाँबाट बढाएर ४७० रुपैयाँ पुर्‍याएको छ ।

त्योअनुसार एसोसिएसनले अघिल्लो साता उल्लेखित बैंकहरूलाई २० दिनको लागि सुन आयात गर्न दिन राष्ट्र बैंकसँग सिफारिस गरेको छ । त्यो सुन आएपछि वैशाखभरको माग धान्नेछ । तर, जेठमा फेरि सुनको अभाव हुने र मूल्य पनि बढ्न सक्ने सम्भावना रहेको व्यवसायीहरूको भनाइ छ ।

नेपालमा विवाहको लगन भएको महिना र चाडपर्वको समयमा दैनिक ३० किलो सुन खपत हुने गरेको छ । अरू बाँकी करिब १० किलो सुन खपत हुन्छ । राष्ट्र बैंकले दैनिक १० किलो मात्र सुन आयात गर्न दिने निर्णय गरेकोले सुन अभाव दीर्घकालसम्म हुने व्यवसायीहरू बताउँछन् । आर्थिक अभियान दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.