सुनकोसी मरिण डाइभर्सन आयोजनाले राष्ट्र समृद्धिको सपना पूरा गर्छ: मन्त्री भुसाल

रिपोर्ट नेपाल | 2022 Oct 14 | 02:18 pm 1425

सिन्धुली, असाेज २८ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्ने बताएकी छन् ।

sunkosi maridaivarsan 1

आयोजनाकोस्थलको आज निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस आयोजना निर्माण सम्पन्न भएपछि खाद्यान्न उत्पादन बढ्ने दावी गरिन् । उनले भनिन्, ‘ नेपालमा हाल साढे तीन खर्बको खाद्यान्न आयात हुन्छ, खाद्यान्न आयातमा विदेश जाने पैसा नेपालमा नै रहन्छ, त्यो पनि यहीँका किसानको हातमा पैसा बस्छ ।

मन्त्री भुसालले आयोजना निर्माणपछि स्थानीयस्तरमा नै रोजगार सिर्जना हुने, खाद्यान्नको नाममा विदेश जाने पैसा बचत हुने र नागरिकको आर्थिक अवस्थामा पनि सकरात्मक सुधार ल्याउने बताइन् । सो आयोजना भौतिक पूर्वाधरले मात्र नभएर आर्थिक विकासले पनि अति महत्वपूर्ण मानिएको छ ।

सुनकोसीको पानी मरिणमा खसाली हालको बागमती सिँचाइ आयोजनाको संरचनामार्फत तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लको करिव १ लाख २२ हजार हेक्टर जमिनमा आयोजना मार्फत सिंचाइको सहज पहुँच पु¥याउन सकिने छ । साथै ३१.०७ मेगावाट क्षमताको जलविद्युत उत्पादन हुने छ ।

बागमती प्रदेशको जलस्रोतलाई मधेश प्रदेश पु¥याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने उनको दाबी छ । यस वर्ष सरकारले राष्ट्रिय गौरवको यो आयोजनाका लागि दुई अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । सुनकोसी–मरिन डाइभर्सन आयोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टिबीएम) बाट सुरुङ खन्न सुरु गरेको आयोजना प्रमुख मित्र बरालले बताए । सो मेशिनले आउँदो २२ महिनामा १३.३ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न हुने बताए । सुरुङ खन्ने क्रममा भौगर्भिक रुपमा कुनै समस्या नआए समय तालिका भित्रै सुरुङ खन्ने काम सकिने उनको भनाइ छ ।

आयोजनाको निरीक्षणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर कुमार राई, सह–सचिव बाबुराम भण्डारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, उप–महानिर्देशक रुकमागत खनाल सहितको टोलीले निरीक्षण गरेको थियो ।

विसं २०७७ फागुन २० गते सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनाको शिलान्यास भएको थियो । सुनकोसी गाउँपालिका ७ कानढुङग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीमा डाइभर्सनको संरचना निर्माण गरी सुनकोसी नदीका करिब ६७ क्युमेक पानीलाई १३.३ किलोमिटर लम्बाइको सुरुङमार्फत कमलामाई नगरपालिका– २ कुसुमटारस्थित मरिण खोलामा पानी खसाल्ने योजना रहेको छ ।

आयोजनाको पहिलो चरणको कार्य अन्तर्गत सुरुङ निर्माणको लागि निर्माण व्यवसायी अजष्लब यखभचकभबक भलनष्लभभचष्लन नचयगउ तिम अजष्लब सँग १९ मार्च २००१ म निर्माण सम्झौता भई निर्माण भईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.