काठमाडौ, कात्तिक ६ : बुढानिलकण्ठ नगरपालिका ८ भंगालस्थित प्रबिण बिष्टको घरबाट सुनका गहना १.५ तोला र सोही घरमा डेरा गरी बस्ने बिमलप्रसाद भट्टराईको कोठाबाट सुनका गहनाहरु ३ तोला समेत गरी करीब २ लाख ७४ हजार रुपैयाँ बराबरको सुन चोरी भएको प्रहरीले जनाएको छ ।
चोरहरु फरार रहेकाले तिनीहरुको व्यापकरुपमा खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।