सुनकाे मूल्यमा ९ सयले गिरावट

| 2021 Feb 04 | 04:30 pm 3237

काठमाडाैं, माघ २२ः नेपाली बजारमा बिहीबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार रहेको थियो ।

छापावाला सुनको मूल्य तोलामा ९ सयले गिरावट आइ ९१ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ६ सय रहेको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले गिरावट आएको छ । बुधवार प्रतितोला चाँदी १३ सय २० रहेको थियो । आज प्रतितोला चाँदी मूल्य १३ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.