विराटनगर, भदौ २९ : सुनकाण्डमा पक्राउ परेको एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छोड्न उच्च अदालत, बिराटनगरले आदेश दिएको छ ।
यसअघि मोरङ जिल्ला अदालतले एसएसपी लोहनीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्च अदालतले उनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।
उनले असारमा ७ गते थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा निवेदन दिएका थिए । उनी तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख थिए ।
प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह-सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई बयानका लागि बोलाएको थियो ।र, १९ वैशाखमा उनी पक्राउ परेका थिए ।